राजनीति

साम्यवाद र वर्गसंघर्ष जस्ता शब्द हटाउन निर्वाचन आयोगको आदेश माओवादीलाई अमान्य

काठमाडौं।निर्वाचन आयोगले ‘साम्यवाद’, ‘वर्गसंघर्ष’ जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै सो बारेमा आवश्यक कदम चाल्न नवनिर्वाचित केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ’ महाधिवेशनवाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *