काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ ।
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी पुस २५ गते बस्नेगरी स्थगित गरिएको हो ।
बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई भने चयन गरेकाे थियाे । प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।
विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने छन् ।




