रिबन

जेलबाटै खोले रेशम चौधरीले नयाँ दल, श्रीमती वनिन अध्यक्ष

काठमाण्डौं । कैलाली काण्डमा जेल परेका रेशम चौधरीले जेलबाटै नयाँ दल खोलेका छन । उनले नागरिक उन्मुक्ति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन ।

चौधरी हाल डिल्लीबजार कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिइएको हो । दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *