रिबन

रामकुमारीले पनि खाइन पिर्के सलामी !

काठमाण्डौं । अरुलाइ पिर्के सलामी खाएको भनेर अपमान र खिसिटयुरी गरी रामकुमारी झाक्री स्वयम पनि पिर्के सलामी खान पुगेकी छिन । नेकपा भित्र विद्रोही नेता भएर वस्दा उनले गाउपालिका देखि नगरप्रमुखसम्मले पिर्के सलामी खाएकोमा कडा ब्यग्य कसेकी थिइन तर सहरी विकास मन्त्री भएपछि भने उनी स्वयम पिर्कामा रातो रुमालले वाँधेर सलामी खाएकी छिन । उनको यो फोटो अहिले भाइरल भएको छ । सत्ता वाहिर वस्दा आफैले घृणा गरेको काम सत्तामा पुगेपछि उनी स्वयमले किन अंगालिन ? आखिर सत्ता किन अन्धो हुन्छ ? अहिले यो प्रश्न गर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *