रिबन

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने संसद सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग सम्वोधन नभएको भन्दै संसद अवरोध जारी राख्ने अडान कायमै राखेको छ। यसअघि गत पुस ७ गते बसेको बैठकमा एमालेको नाराबाजीकै बिच ४ वटा अध्यादेश बहुमतले पारित भएको छ। आफुले कारवाही गरेका सांसद संसद बैठकमा उपस्थित भएको, सभामुखले सदनमा पक्षपात पूर्ण व्यवहार गरेको लगायतका माग राखेर एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *