काठमाडौं । नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ ।
निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको भएपनि अन्तिममा चुनावी प्रक्रिया स्थगित गरिएको हो ।
चुनावी कार्यक्रम स्थगित गरेर आइतबार बन्दसत्रमा सहमतिकै आधारमा केन्द्रीय सदस्यहरुको नामावली घोषणाको तयारी भएको बताइएको छ । माओवादी केन्द्रको २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन आइतबार हुनेछ ।




