रिबन

माओवादी केन्द्रको विधान पारित,पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनले पार्टी विधान पारित गरेको छ । शनिबार संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ स्थायी समिति सदस्य देव गुङले दिएपछि विधानमा केही परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय सदस्य मनोनित गर्ने प्रतिशतलाई १० बाट १५ मा पु-याइएको छ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

त्यस्तै, पदाधिकारी संख्या बढाउने अधिकार महाधिवेशनले केन्द्रीय समितिलाई दिएको छ । यसअघि केन्द्रीय समितिबाटै विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियाे । जसमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *