काठमाण्डौं । नेत्रविक्रम चन्द विप्लवलाइ अनौठो समस्या परेको छ । भुमिगत राजनीति गर्दै शान्तिपुर्ण राजनीतिमा पदार्पण गरेका विप्लवलाइ अबको राजनीति कसरी अगाडि वढाउने भन्ने नयाँ समस्या परेको हो । केपी ओली नेतृत्वको सरकारसंग तिन वुदे सम्झौता गरेर शान्तिपुर्ण राजनीतिक यात्रामा लागेपनि उनलाइ यसबाट पर्याप्त लाभ भनेको भएको छैन ।
उनले गरेको सहमति अनुसार,विप्लव समुहको नेकपाले खुल्ला गतिविधि मात्र गर्न पाएको छ तर उनका नेता कार्यकर्ता भने अझै जेलमा वन्द रहेका छन । उनले पटक पटक प्रधानमन्त्री देखि गृहमन्त्रीसम्मलाइ भेटेर कार्यकर्ता छाडन अनुरोध गरेका छन तर उनको अनुनय विनयले कुनै काम गरेको छैन । विप्लवलाइ सवैभन्दा ठुलो समस्या अब के गर्ने भन्ने परेको छ । नेपालका प्रमुख राजनीतिक दलहरु राष्ट्रियसभा चुनाव देखि केन्द्रिय चुनावसम्ममा केन्द्रित हुदै रणनीति वनाउन थालिसकेका छन तर उनी भने अलमलमा छन ।
आगामी चैत महिनामा नै स्थानीय चुनाव हुदैछ तर भटाभट हुन लागेको यस खालको चुनावमा भाग लिएमा संसद भासमा फसेको आरोप उनी माथि लाग्नेछ भने चुनावमा भाग नलिदा अलग भएर एक्लै वस्नुपर्ने अवस्था आइलाग्नेछ । विप्लव स्रोतका अनुसार,उनी प्रचण्डसंग तत्काल मिल्ने अवस्थामा छैनन र चुनावमा भाग लिने पक्षमा पनि छैनन तर यसो गर्दा कार्यकर्ता र नेता कसरी जोगाउने भन्ने छटपटीमा उनी परेका छन ।




