भर्खर खुलेकाे दल नेकपा एकिकृतकाे नेतृत्वमा वागमती प्रदेश सरकार र प्रदेश १ काे सरकार छ। एमालेमा रहदा केपी अेालीले तानाशाही चरित्र देखाए,परिवर्तनबाट पछि फर्कन चाहे,संघीयता देख्नै चाहेनन र पार्टी कै वरिष्ठ नेताहरूलाई छाेइिछिटाे गरे भनेर माधव नेपाल र सकल दर्जाले पार्टी नै विभाजन गरे। एमाले अब टर्च वालेर खाेज्नुपर्छ,याे इतिहास भइसक्याे भन्ने अभिब्यक्ति पनि अचेल माधव नेपालकाे वारम्वार सार्वजनिक भइरहन्छ।
माधव नेपालकाे याे अभिब्यक्ति हेर्दा उनीसँग पार्टी चलाउने र याे प्रणााली धान्ने मजवुत प्रतिवद्धता छ भन्ने देखिन्छ। तीन पटकसम्म एमाले जस्ताे पार्टी हाँकेका,मुलुककाे प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेका,संसारका प्राय देश घुमिसकेका नेताबाट यति अपेक्षा गर्नु अनाैठाे पनि हाेइन। यसमाथि हालैकाे मंसिरकाे ठण्डीमा एक वैवाहिक समाराेहमा पनि पार्टीका कार्यकर्ता धेरै देखेपछि त्यहाँसमेत सम्वाेधन गरेका नेपालले ‘विवाहलाई धेरै तडक भडक नगराैं, विवाह वर्षगाँठ भनेर हरेक बर्ष नमाउँ, २५ वर्षमा एक पटक मनाउँदा हुन्छ’ भनेका थिए। यहाँ सम्वाेधन जरूरी थिएन तर उनी वाेले। र,वाेल्नुपर्ने कुरा बाेलेका थिए-तडकभडक नगराैं भनेर।
तर,शुक्रबारले फेरि एक पटक झस्काइदियाे। माधव नेपालकै दल समाजवादीले नेतृत्व गरेकाे वागमती प्रदेश सरकार नमुना सरकार बन्ला भनेकाे यसले नमुना काम गर्याे। कति नमुना काम गर्याे भने सत्ताकै साझेदारले पनि याे हर्कतकाे धुलिसात हुने गरि धुवादार विराेध गर्नुपर्ने गरी । यति सानाे देशमा ७ प्रदेश ? भनेर मानिसहरू उसै जिव्राे टाेकिरहेका थिए।याे शुक्रवार यति सानाे देशकाे यति धेरै प्रदेशमा यति धेरै मन्त्री ? उनीहरू प्रश्नकाे वर्षा गरिरहेका छन।विजाेग कति छ भने वागमती प्रदेशमा मात्र १८ मन्त्री थपिए। एउटै घर मा ५ वटा मन्त्रालयकाे वाेर्ड टासियाे। र, भनिदैछ-संघीयताले देशकाे भलाे गर्दैछ,पार्टीले जनसेवा गर्दैछन।पत्याउनु हुन्छ यिनका कुरा ? प्रदेश केन्द्रकाे युनिट हाे भन्ने केपी अेाली र यसलाई विकृत बनाएर घृणा फैलाउने शेरवहादुर देखि माधव नेपालसम्ममा के भेद छ ? एउटाले सिधै प्रहार गरे,अर्काेले घुमाएर।
कुनै समय वाम राजनीति गरेर पछि विवेकशील साझा पार्टीमा रहेका साहित्यकार केशव दाहाल झन झस्किएछन याे शुक्रवार देखि।उनले लेखेका छन-मन्त्री थप्नुहोस, गाडी थप्नुहोस, पिए थप्नुहोस, कुर्सी थप्नुहोस, अर्को दरबार र सिंहासन थप्नुहोस। कुनै नयाँ काम गर्नु पर्दैन सत्ता टिकाउन सकेजती सबै वेथिती बाेक्नुहोस। कुहिनुहोस्, गनाउनुहोस्। ख्वामित, के यसरी तपाईंको नयाँ पार्टी, यसको अर्थ र औचित्य स्थापित होला ?
वास्तवमा संघीयता जनताकाे लागि चाहिएकाे हाे । याे अधिकारकाे प्रत्यायाेजन हाे । जनताले जरूरी ठानेका सवै काम उनीहरूकाे घर-दैलाेमै सम्पन्न हाेस भन्ने यसकाे चाहना हाे । तर,विश्ववैंकसँग ऋण लिएर चलाइरहेकाे संघीयतामा यत्रा मन्त्री ? यत्रा सांसद ? यति धेरै गाडी,भवन सुविधा ? हुदा हुदा प्रदेशकाे मुख्यमन्त्री राजधानी काठमाण्डाैंमा समेत मुख्यमन्त्री निवास भनेर भैंसेपाटीमा वनाउन थालिएकाे छ।
जनतालाई न मल छ,न अस्पताल। न कुलाे छ न स्कुल। यता मन्त्री र मुख्य मन्त्रीलाई बस्न निवासस्थल धमाधम बन्दैछ।जनता तर्ने खाेलामा पुल अलपत्र छन, यसकाे मतलब छैन, तरभैंसेपाटीकाे भवन तिव्र रफ्तारमा बनिरहेका छन। अहिले पनि ववइ देखि मेलम्चीसम्मका वाढी र पहिराेपीडित पालमुनि छन । न घर घडेरी छ, न वास बस्ने छत। तैपनि न केन्द्रीय सरकार न प्रदेश सरकार कसैकाे मन पेट पाेलेकाे छैन। सब मस्तछन र अन्तिम भाेज जसरी खाइरहेका छन। हुनत यहि वेला राजनीतिक पार्टीहरूले अधिवेशन गरे,नेतृत्व जन्माए,कार्यकर्तालाई पेटभरि मासुभात खुवाए। तर,जनतालाई के ? जनताकाे लागि याे भाेजकाे के अर्थ ? भुइ छाेडेकाे दल कसरी टिक्छ ? अव लगत्तै चुनाव हुदैछ-नेताहरू गाउँ जानेछन,कसैले दुध दुहुनेछन,कसैले धान काटनेछन,कसैले खेत खन्नेछन त कसैले भारी वाेकिदिने छन।र,मिडियाभरि यी फाेटाले ठाउँ पाउनेछ। तर,यसकाे भाेलिपल्ट जनताकाे दुख जहाँकाे त्यहीं। यस्ताे नक्कली काम र कुरा गरेर याे देश बन्छ ?
संघीय प्रणालीमा देश गएकाे छ तर अहिले पनि सिंहदरवारकाे पुतली वगैंचामा सुविधासम्पन्न संसद भवन वनिरहेकाे छ।अहिले पनि याे संसद भवन रिंगराेड वाहिर वनाउनु पर्छ भन्ने सामान्य चेत पनि छैन।भए भरका स्कुल,कलेज,अस्पताल,वसपार्क,सिनेमा हल,मल सवै काठमाण्डाैंकाे पनि रिंगराेड र अझ सिंहदरवार भित्रै राख्नुपर्ने केन्द्रीयतावादी साेचले पनि कहीं संघीयता टिक्छ ? प्रधानमन्त्रीले वालुवाटार मै क्याविनेट वैठक राख्ने,नेताले पार्टी वैठक घरमै राख्ने र कार्यकर्ता नेताकाे घर-काेठा चहार्ने । याे परिपाटीले कसरी देश वन्छ ?
केन्द्रीयता हावी भएकाे दिमागले संघियता कार्यान्वयन गर्दैछ-यसैले याे टिक्दैन।याे किन टिक्दैन भने नेताहरू कसैलाइ पनि याे मन परेकाे छैन।




