कला/साहित्य

श्रीराम श्रेष्ठका कटौता

१,
टासेको मन
चर्केर छरिएछ
कुल्चेका टुक्राहरु ।
२,
गर्मीले हप्प
चिसो खोजेको मन
बगर नै तातेको ।
३,
अँध्यारो बाटो
आत्तिदा झस्किएछ
च्यात्तेको कालो मन ।
४,
फर्केर हेर्दा
भ्रमै भ्रम छाया
तर्साउँदा झस्केको ।
५,
शङ्कालु माया
दिलमा टाँसी राख्दा
जोडेको छटपटी ।
६,
चैतको झोक्का
ढाल्न खोज्ने वतास
मनको भुइँचालो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *