समाचार

बाग्मती प्रदेश सरकारमा थपिएका ६ मन्त्रीले सपथ लिए, मन्त्रिपरिषद् बन्यो १८ सदस्यीय

काठमाडौं । वागमती प्रदेशका तिन जना नवनियुक्त मन्त्री र तिनजना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सपथ लिएका हुन् । सबै नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । प्रदेश प्रमुख यादव शर्माले मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । ६ जना मन्त्री थपिएपछि बाग्मतीको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *