काठमाण्डौं । केन्द्रीय अधिवेशनमा दोस्रो चरणको चुनावमा शेरवहादुर देउवालाई निशर्त सहयोग गरेका विमलेन्द्र निधि प्रदेश २ को अधिवेशनमा भने आफैले जिताएका सभापति देउवासँग आमनेसामने भए । उनले जसरी पनि जित निकाल्न देउवासँग प्रतिस्पर्धा गरेका शेखर कोइरालासँग गठवन्धन गरे । जनकपुरमा भएको प्रदेश २ को अधिवेशनमा देउवाको विरुद्धमा कांग्रेसका बाँकी सवै नेता एक भएका थिए । तर जित भने देउवा पक्ष कै भयो ।
महेन्द्रनारायण निधिका सन्तान विमलेन्द्र निधि मधेशको बलिया नेता हुन । उनी स्वयमले पनि मधेशको सन्दर्भमा आफू निर्णायक हुनुपर्ने अडान राख्दै आएका थिए । तर यति हुदा पनि उनले प्रदेश कै चुनावमापनि आफु पक्षीय नेता रामसरोज यादवलाई जिताउन सकेनन । सवै एकातिर र देउवा अर्कोतिर हुदा पनि देउवा पक्षका कृष्ण यादव कसरी बिजयी भए ? र,निधिलाइ मधेशले किन पत्याएन ? यो सवाल अव कांग्रेस वृत्तमा चल्न थालेको छ ।
खासमा प्रदेश अधिवेशनले देउवा झन वलिया भएका छन । उनले सात मध्ये ५ प्रदेशमा विजय हासि गरेका छन भने गण्डकी र लुम्विनी प्रदेश पौडेल समुहले जितेको छ । तर,मधेशमा राम्रो नामम भएका निधिलाई कसरी धक्का लाग्यो भन्ने जान्न जरुरी छ ।
प्रदेश २ का ८ जिल्ला मध्ये ६ जिल्ला सभापति शेरवहादुर देउवाको पक्षमा उभिइसकेका थिए । सर्लाही र धनुषा मात्र देउवाको पक्षमा आउन वाँकी थियो । सर्लाहीमा शेखर कोइरालाका सारथी अमरेश सिहले क्रियाशील सदस्य छानवीन हुनुपर्छ भन्दै स्वयम निधिकै विरुद्धमा अनशन समेत बसेका थिए । सिरहामा चित्रलेखा यादवको प्रभाव कायमै थियो । रौतहटमा कृष्ण यादवसँग मत वझाउने मोहम्मद अफताव आलम जेल परेपछि कुनै समय खुमवहादुर खडकाका सारथी यादव देउवातिर लागेर खम्वा भएका थिए । यहि नतिजाको आंकलन गरेर नै निधिले केन्द्रीय अधिवेशन अघि प्रदेश २ को अधिवेशन गर्न मानेनन । निधिले यो अधिवेशन गर्दा केन्द्रीय अधिवेशनमा आफुलाई धक्का लाग्ने आंकलन गरेका थिए । आठ मध्ये ६ जिल्ला देउवा तिर लाग्नु र जनकपुर मै पुर्वराष्ट्रपति रामवरण यादव र उनका छोरा चन्द्रमोहन यादव विपक्षमा हुदा निधि झन कमजोर भए । उनले न देउवा पक्षको सहानुभुति पाए न पौडेल पक्षले पूर्ण रुपमा पत्याए । किनभने उनले केन्द्रीय अधिवेशनमा दोस्रो चरणमा हतारमा देउवालाई समर्थन गरे र कोइरालालाई हराउन मद्धत गरे ।




