धनुषा । नेपाली कांग्रेसको प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि बिहिबार भएको चुनावको शुक्रबार बिहान आएको अन्तिम मत परिणाम अनुसार रामसरोज यादवलाई पछि पार्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्।
विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोजलाई शेखर कोइराला समूहले पनि समर्थन गरेको थियो। निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो। विजयी कृष्ण यादवले ९ सय ९६ मत पाउँदा पराजित रामसरोजले ८ सय ५५ मत ल्याए। ३० मत भने बदर भएकाे थियाे ।
अन्य पदाधिकारीको मतगणना आजै सुरू हुने निर्वाचन समितिले जनाएको छ।
प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो।




