रिबन

प्रचण्डलाई राष्ट्रिय सम्मेलनकै मुखमा धक्का, जालिम हि‌डे एमालेकाे घर

काठमाण्डौं । नेकपा एमालेले माओवादीको राष्ट्रिय सम्मेलन चल्दै गर्दा ठुलो धक्का दिएको छ । एमालेले आज पर्साको जगरनाथपुर पुगेर माओवादीको निर्वाचित गाउपालिका अध्यक्ष जालिम मिया सहितको टोलीलाई पार्टीमा प्रवेश गराएको छ । काठमाण्डौंबाट पर्सा पुगेका एमाले अध्यक्ष केपी ओलीले पर्सामा गरिएको सभामालाई सम्वोधन पछि मियालाई भित्रयाएका हुन । माओवादीको राष्ट्रिय सम्मेलन चल्न लाग्दा एमालेले माओवादीलाइ धक्का दिएको हो ।

एमालेले गरेको यो कार्यक्रममा पुर्वमाओवादी नेता प्रभु साह लगायतका उपस्थित थिए । एमलेले माओवादीबाट हजार भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेको दावी गरेको छ । सभामा बाेल्दै अध्यक्ष ओलीले एमाले चुनावपछि बहुमत प्राप्त सवैभन्दा ठूलो दल बन्ने दावी पनि गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायतले बोल्नुभएको थियो ।

पर्सा जिल्ला इन्चार्ज तथा अध्यक्ष प्रभु हजाराको अध्यक्षता र सचिव मनोज गुप्ताको सञ्चालनमा आयोजित कार्यक्रममा पार्टी सचिव तथा प्रदेश नम्बर दुईका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायतका पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *