काठमाण्डौं । नेपाली कांग्रेसको प्रदेश २ मा प्रदेश अधिवेशको लागि मतदान सुरु भएको छ । दुइ वटा प्यानल चुनावमा प्रतिस्पर्धा गरिरहेका छन। नेतृत्व चयनको लागि विहान साढे ९ बजेबाट मतदान सुरु भएको छ । मतदानमा १९८० जना मतदाताले मतदान गर्नेछन । मतदानको लागि चार वटा वुथ राखिएको छ । मतदानमा सभापति शेरवहादुर देउवाको प्यानलबाट कृष्ण यादव प्रदेश अध्यक्षको उम्मेदवार भएका छन । उनी रौतहटका हुन । उता नेता विमलेन्द्र नीधिको प्यानलबाट रामसरोज यादव प्रदेश अध्यक्षको उम्मेदवार छन । उनी प्रदेश सरकारमा मन्त्री पनि छन । हिजो नै मतदान हुने भनिएपनि अन्तिम समयमा मतदानको समय सारिएको थियो ।




