काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आज बैठकमा पनि नेकपा एमालेका सांसद्हरुले अजरोध गर्ने बताइएको छ । आफ्नो माग पुरा नभएको भन्दै एमालेले लगातार संसद् बैठकअवरुद्ध गर्दै आएको छ ।
हिजोको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । यद्यपि, सभामुखले एमालेको विरोधलाई बेवास्ता गर्दै बैठक सञ्चालन गर्दै आएका छन् ।





