मुख्य समाचार

कमलविनायक-नगरकोट सडकको ठेक्का तोडेर निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न मन्त्री भडेलको माग

काठमाडौं। बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले कमलविनायक-भत्केको पाटी-नगरकोट सडक खण्डको अविलम्ब ठेक्का तोडेर निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न माग गरेका छन ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमति क्षेत्र नम्बर १ भक्तपुरका सभापति जीवन खत्रीको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ज्ञापन मत्र बुझाउन सिंहदरवार पुगेका मन्त्री भडेलले निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले बाटो बनाउने आश मरिसकेकाले अब ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न मन्त्री यादवको ध्यनाकर्षण गराएका हुन ।

प्रदेश सरकारसँग बजेट छ मन्त्री भडेलले भने नयाँ प्रक्रियामा जादा केन्द्र सरकारलाई तत्काल बजेट विनियोजन गर्न समस्या हुन्छ भने प्रदेस सरकार कमलविनायक–भत्केको पाटी– नगरकोट सडक निर्माण गर्न तयार छ । मन्त्री भडेलले उक्त सडक खण्ड अविलम्ब बनाउन पटक पटक निर्माण व्यवसायी र सरकारको ध्यानकर्षण गराउदै आएका छन ।

ज्ञापन पत्र बुझाउन क्षेत्रीय सभापति जीवन खत्री, बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, यादव अधिकारी,नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेशसभा र नगर समितिका पदाधिकारी तथा सदस्य, व्यवसायी लगायत सरोकारवाला क्षेत्रका सामुहिक प्रतिनिधि मन्त्रालय पुगेको मन्त्री भडेलका प्रमुख स्वकीय सचिव समुन्द्र थापाले जानकारी दिए ।

दुई वर्ष भित्र निर्माण सम्पन्न गरि कमलविनायक–भत्केको पाटी– नगरकोट सडक खण्डको २०७१ सालमा बोलपत्र टेण्डर भएको थियो । सैलुङ्ग कन्ट्रक्शनको चरम लापरबाही र निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको अतिनै हेलचक्राईको कारण अहिलेसम्म सडक निर्माण हुन नसकेको छैन । निर्माण व्यवसायी अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन ।

हेर्नुहोस क्षेत्रीय सभापति खत्रीले मन्त्री यादव समक्ष प्रस्तुत गरेको ज्ञापन पत्र जस्तो तस्तै :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *