रिबन

संसद वैठक वस्दै,एमसीसी भयो गलपासो

काठमाण्डौं । प्रतिनिधिसभा वैठक आज दिउसो वस्ने भएको छ । संसद भवन वानेश्वर १ बजे वस्न लागेको संसद वैठक चल्ने नचल्ने भन्ने टुंगो अझै छैन । अघिल्लो अधिवेशनदेखि नै माधव नेपालको दल नेकपा एकिकृत समाजवादीलाई मान्यता दिन नहुने तथा माधव नेपाल सहित १४ जना सांसदलाइ कारवाही गर्नुपर्ने माग गर्दै एमालेले सदनमा अवरोध गरिरहेको छ । अहिले पनि उसले अडान कायम राखेको छ । तर सरकारले भने संसदबाट एमसीसी पास गर्ने भित्रि तयारी गरेको छ । एकातिर संसद अवरुद्ध भइरहेको छ भने अर्कोतिर एमसिसिको विरुद्धमा देशभर माहौल बनेको छ । यस्तोमा सदन कसरी चल्न सकछ भन्ने नया बहश सुरु भएको छ । एमसीसीको विषयमा के गर्ने भनेर आजै वस्ने कार्यब्यवस्था परामर्श समितिले निधो गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *