काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय अधिवेशन सकिएपछि बल्ल प्रदेश २ को अधिवेशन सुरु हुन लागेको छ । आजबाट अधिवेशन सुरु भएर भोलि सम्पन्न हुनेछ । प्रदेश २ मा क्रियाशील सदस्यको विवाद चलेर अधिवेशनमा विलम्व भएको थियो । अधिवेशनले प्रदेश अध्यक्ष देखि अन्य कार्यसमिति पनि चयन गर्नेछ । प्रदेश २ मा सभापति शेरवहादुर देउवा निकट अध्यक्षको उम्मेदवार विरुद्ध विमलेन्द्र नीधिले अलग उम्मेदवार रामसरोज यादव खडा गरेका छन । यसमा उनी अन्य नेताहरुको सहयोग खोजिरहेका छन । केन्द्रीय अधिवेशनमा निधि र देउवा मिलेपनि प्रदेशमा भने उनी एक अर्काविरुद्ध उत्रने संकेत देखा परेको छ । यसअघि कांग्रेसले ६ वटा प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । केन्द्रीय महाधिवेशन सकेर प्रदेश २ मा प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ। प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन्। आज उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने बुधबार मतदान हुनेछ।




