काठमाण्डाैं। भनिन्छ-वैगुनीलाइ गुणले मार्नुपर्छ।नेपाली कांग्रेकाे आन्तरिक लाेकतान्त्रिक अभ्यासमा यस्तै भएकाे छ।जब कृष्णप्रसाद सिटाैला सभापति शेरवहादुर देउवाकाे प्यानलमा प्रवेश गरे तब देउवाले रूचाएर प्रवक्ता वनाइएका विश्वप्रकाश शर्माले गुट परिवर्तन गरे।शर्मा देउवाबाट शेखर हुदै प्रकाशमान सिहकाे टिमबाट महामन्त्रीकाे चुनाव लडेर जिते पनि।तर उनै विश्वप्रकाश र गगन थापालाइ असर पार्ने गरि सिटाैलाले भने प्रदीप पाैडेललाइ देउवा टिमबाट महामन्त्री उठाए।अन्तत पार्टी भित्र यस्ताे स्थिति वन्याे कि एउटा टिमबाट चुनाव लडने अनि अर्काे टिमकाे मत पाएर चुनाव जित्ने।यस्तै अवस्था वन्याे-विश्वप्रकाश शर्माकाे।उनी चुनाव लडे प्रकाशमान सिहकाे टिमबाट अनि मत पाए शेखर र देउवा टिमकाे। झापाकै भएपनि कृष्ण सिटाैलासंग उनकाे न मन मिल्याे न मत मिल्याे।
झापामा विश्व र सिटाैलाकाे अलग अलग टिमले चुनाव लडयाे।सिटाैला टिमले जित्याे।प्रदेश १ मा सिटाैला टिमले उद्धव थापालाइ जितायाे तर विश्वले गुरू घिमिरले मत दिएकाे चर्चा कांग्रेस वृत्तमा छ। यसरी झापा देखि प्रदेश १ सम्म हारेका विश्व स्वयमले भने महामन्त्री जिते। कुरा यति मात्र हाेइन,उनी आइतवार उनै सिटाैलालाइ भेटन निवासमै पुगे।उनले सिटाैलालाइ उच्च सम्मान प्रकट गरे।र,सिटाैलाले पनि ढाकाकाे खादा अेाढाएर स्वागत गरे।वधाइ दिए।
याे तस्वीर देखेपछि चर्चा चल्याे-विश्वले वैगुनीलाइ गुणले मारे।




