रिबन

टिम देउवा-कांग्रेसबाट अरूले पनि सिकुन

नेपाली कांग्रेसकाे यसपटककाे महाधिवेशनमा एक साथ चार पुस्ताले भाग लिए।र,कांग्रेस हाँक्ने परिपक्व नेतृत्व चयन गरेर ‘याे प्रजापरिषद हाेइन’ भन्ने सन्देश दिएका छन।

चितवनमा एमाले र काठमाण्डाैंमै राप्रपाकाे अधिवेशन सकिइसकेकाे हुनाले शेरवहादुर देउवाकाे टिमले अधिवेशन गराउँदा कस्ताे नतिजा देखिने हाे भन्ने शंका थियाे।कांग्रेसका कटु आलाेचकहरू यसलाइ आहाल वसेकाे भैंसीकाे उपमा दिन थालिसकेका थिए।तर,वडा अधिवेशन देखि केन्द्रिय अधिवेशन सम्म आउदा कांग्रेसले यस्ताे नमुना पेश गरयाे कि खासमा महाधिवेशन भनेकाे र लाेकतन्त्रिक अभ्यास भनेकाे के हाे ? भनेर उसले नमुना पेश गरेकाे छ।

नेपालमा कांग्रेसकाे जति आलाेचना भएपनि याे त्यस्ताे पार्टी हाे जसले उग्रवामपन्थी देखि दक्षिणपन्थीसम्मलाइ लाेकतान्त्रिक वनाइरहेकाे छ। नेपालकाे सत्तरी बर्षकाे राजनीतिक इतिहासमा यसकाे मुल काम नै उग्रवामपन्थी र उग्रदक्षिणपन्थीलाइ लाेकतान्त्रिक गर्दैमा कांग्रेसकाे सारा जवानी खेर गएकाे छ।लाेकतन्त्रलाइ समुन्नत गर्ने,विकासकाे खाका काेर्ने,समाजवादीपथ देशलाइ हिडाउने अवसर नै कांग्रेसले पाएन।तर,यी सारा कुरा भुलेर तिनै उग्रहरू कांग्रेसले प्रजातान्त्रिक समाजवाद भन्याे तर लागु गर्न सकेन भनेर तिखाे आलाेचना गर्ने गर्दछन।

यसपटक चाैधाैं महाधिवेशनकाे वारेमा अनेश प्रश्न थिए।कतिलाइ महाधिवेशनकाे हलमा पुगिसकेपछि पनि देउवाले अधिवेशन अन्तिममा राेक्छन भन्ने थियाे।तर,देउवाकाे अठाेट थियाे-अधिवेशन सम्पन्न गर्ने।अघिल्लाे पटक प्रधानमन्त्री हुदा उनलाइ ठुलाे चार्ज थियाे कि चुनाव गराउदैनन, लाेकतत्र धरापमा छ।तर कांग्रेस हारेपनि उनले लाेकतन्त्रकाे जित गराए।यसपटक अधिवेशनमा उनी माथि चार्ज थियाे कि अधिवेशन नगराएर जसरी पनि कार्यकाल लम्ब्याउँछन र चुनावमा जान्छन भन्ने।

तर,यसपटक अधिवेशन मात्र भएन,भब्य पनि भयाे।भब्य यस मानेमा कि यसले जसरी टिम चयन गरयाे यसले सारा दुनियालाइ चकित पारेकाे छ।नेपालमा भब्य भन्ने वित्तिकै ५० लाखकाे मञ्च,पाच लाख जनता,एउटै नेताकाे २ घण्टा लामाे भाषण भन्ने मान्यता छ।तर,कांग्रेसकाे उदघाटनसत्र पनि मात्र लामाे भएन,अधिवेशन पनि लामाे भयाे तर यसले जुन समावेशी टिम चयन गरयाे,कम्युनिष्ट पार्टीहरू हेरेकाे हेरयै भएका छन।

कांग्रेसले सभापतिमा अनुभवी र पाकाे नेता छान्याे-देउवा।तर,उनी अव कुशल संगठक वा भाषणवाज भएर पार्टी चलाउन सक्दैनन।तर,उनकाे अर्न्तराष्ट्रिय पहिचान,समकाली नेताहरूसंगकाे समवन्ध र नवाेलीकन सवका कुरा सुन्ने र सही समयमा सही निर्णय लिन सक्ने क्षमता जुन छ,त्याे कार्यकर्ताले आवश्यक ठाने र छाने।

कांग्रेसले यसपटक गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीमा छानेर गजब गरयाे।नेपाल विधार्थीसंघका उत्पादन यी युवा नेताबाट कांग्रेसले मात्र हाेइन,एमाले र माअेावादीले पनि आश गरेका छन।किनभने नेपाली राजनीतिमा युवा भन्ने वित्तिकै गगन-विश्व भन्ने मानक नै छ।त्यस्ता युवा कांग्रेस जस्ताे परिपक्व पार्टीकाे महामन्त्री हुनु भनेकाे चानचुने कुरा हाेइन।अधिवेशन लगत्तै चुनाव छ,यसकाे लागि माहाैल वनाउनुछ,त्याे काम देउवाले हाेइन,यी दुइ युवाले वनाउनेछन।साेच्नुस त-गगन थापा पश्चिम र विश्वप्रकाश शर्मा पुर्व तर्फ गएर सभामा सम्वाेधन गर्न थालेपछि जनता नउर्लिकन वस्न सक्छन ? यसमाथि उपसभापति चयन भएका पाकाे नेता पुर्ण खडका र धनराज गुरूङ अर्काे आकर्षण हुन।कांग्रेसमा यसपटक जाति,क्षेत्र,लिंगकाे आधार समावेशी मात्र छैन,उमेर र अनुभवकाे पनि याे संगम वनेकाे छ। अझ सह-महामन्त्री पदमा निर्वािचत भएका अनुहार झन लाेभलाग्दा छन। भीष्मराज आङ्देम्बे,फरमुल्ला मन्सुर,उमाकान्त चौधरी,महेन्द्र यादव,महालक्ष्मी उपाध्याय ‘डिना’,जीवन परियार, किशोरसिंह राठौर र बद्री पाण्डे निर्वाचित भएका छन। पार्टी अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनु भनेकाे र उसकाे सफलता नापिने भनेकाे नै चुनावमा हाे।र,यी अनुहार जब चुनावमा देशभर छरिनेछन-तब के हाेला ? यसकारण टिम देउवा गजबकाे वनेकाे छ।पाकाे नेताकाे अनुभव र युवा नेताकाे उर्जा मिसिएकाे याे पार्टीमा अब प्रश्न हाेइन,उत्तर हुनेछ भनेर गगन थापाले भनेकाे बाट नै वुझन सकिन्छ कि याे फरक बाटाेमा हिडनेछ।महामन्त्री भएलगत्तै जिउदा सहिदलाइ भेटने विश्वप्रकाश फरक साेचका छन भनेर यसै वुझन सकिन्छ किनभने अधिवेशन पछि अरू अन्यत्र लागे उनी कुचाे वाेकेर भृकुटीमण्डप वढार्न हिडे।

अव-एउटा सवाल छ।हिजाेसम्म यी युवा विद्राेही र वागी थिए।कांग्रेस सामुहिक नेतृत्वमा छ।याे हिजाे जस्ताे सभापतिकाे निर्देशनमा चल्ने पार्टी हाेइन र विधानले त्याे अनुमति दिएकाे छैन।जति वाेल्नु थियाे-युवाले वाेलिसके अब युवाले गुनासाे गर्ने वा सभापतिलाइ दाेष दिने हाेइन,समाधान र उत्तर दिने वेला आएकाे छ।उत्तर दिने वेलामा पनि युवाले आलाइ खराे उतारे भने याे पार्टी साच्चिकै लाेभलाग्दाे पार्टी वन्नेछ।

यसपछि मानिस उखान टुक्काकाे पछि लाग्ने छैनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *