कला/साहित्य

पुष्कर लाेहनीका हाइकु

१,
भ्यागुते आँखा
लुक्न खोजेको धाप
बगेको पानी ।
२,
देख्दैमा घृणा
बानी परेर होला
सरेको हात ।
३,
तम्सिँदा पनि
तुहिएको मुहान
फलामे घोचो ।
४,
असिना खस्दा
पात झरेको रुख
सेताम्मे भुइँ ।
५,
विवाहभोज
भेटेको आँखा हो कि
हल्लेको छाया ।
६,
आँखामा आँखा
बन्दभित्र उज्यालो
कुरुप इच्छा ।
७,
बुई चढेको
अनुहार खसेछ
निगाले लठ्ठी ।
८,
कम उमेर
बानी -बेहोरा बूढो
अन्धो मच्चाइ ।
९,
दर्केको रात
सिरक फालिदिँदा
बिहानी घुस्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *