काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले क्रिकेटरहरुले उठाएको मागमा आफ्नो समर्थन रहेको बताएका छन् ।
खेलाडी वर्गीकरणका बारेमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लगाएतका खेलाडीहरुले उठाएको एजेण्डा आफ्नो समर्थन रहेको भन्दै पारसले क्रिमेट संघले सम्बोधन गर्ने अपेक्षा रहेको बताएका छन् ।
खड्काले मल्लसहितका खेलाडीहरुले उठाएको विषय क्यानले सम्बोधन गरेर आगामी फेब्रुअरीमा हुने टि–२० वल्र्डकप क्वालिफायरका लागि खेलाडीहरु तयार हुने वातावरण हुने विश्वास समेत व्यक्त गरेका छन् ।
खेलाडी वर्गीकरणमा असन्तुविष्ट जनाउँदै सार्वजनिक रुपमा क्रिकेट संघको निर्णयको आलोचना गरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्लसहितका ४ खेलाडीलाई कारबाही गरेको थियो । उनीहरुले आज संघले गरेको निर्णय पुर्नबिचार गर्न आग्रह गरेका छन् ।
We are in support of our cricket players.
— Paras Khadka (@paras77) December 17, 2021
Justice has to be served.
Hopefully CAN will take its decision back and players can start training to focus in preparations for the T-20 World Cup qualifier in February and to maintain our ODI STATUS in coming days.#wearewithyou pic.twitter.com/DgPvfQEr4i




