काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ क्यानले पदमुक्त गरेको छ ।
संघको बुधबार बसेको वोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।
अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ । त्यसैगरी नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ ।
खेलाडी वर्गीकरणका विषयमा मल्लसहितका खेलाडीहरुले संघको निर्णयको आलोचना गरेका थिए ।





