राजनीति

मिनेन्द्रकाे इन्ट्रीले शेखरकाे टिम भताभुंग,महामन्त्री बन्न लागेका विश्वप्रकाशलाई यसरी भयाे धाेका !

काठमाण्डाैं । सभापतिकाे लागि शेखर काेइराला प्यानल बनाउँदै थिए। उपसभापतिमा चन्द्र भण्डारी र महेश आचार्य राख्ने तयारी थियाे। अनि महामन्त्रीकाे लागि कसलाई राख्ने भन्ने कुरा चल्याे।शेखर काेइराला स्राेतका अनुसार,महामन्त्रीमा गगन थापाकाे नाम कन्फर्म थियाे।यसपछिकाे लागि भने विश्वप्रकाश शर्मालाई राख्ने सहमति बन्याे।शेखर सहमत भए।यहि अनुसार,विश्वलाई खवर भयाे र उनी हाेटल मेरियटकाे मुनि बसे।माथि शेखरकाे टिम बन्दै थियाे। तर,अचानक विश्वकाे ठाउँमा महामन्त्रीमा मिनेन्द्र रिजालकाे नाम राखियाे।विश्वप्रकाश शर्मालाई लिएर माथि जादा मिनेन्द्र रिजालकाे नाम चयन भइसकेकाे थियाे। जब मिनेन्द्रकाे नाम महामन्त्रीमा राखियाे तब सवै खेल बिग्रियाे।शेखरकाे महामन्त्री बन्न हिडेका विश्व यसपछि प्रकाशमान सिहकाे टिममा जवरजस्ती पुगे । प्रकाशमान सिहकाे टिममा पुगेपनि उनलाई जिताउन मद्धत गर्ने शेखर समुहकाे आश्वासन थियाे र उनी प्रकाशमान सिहकाे समुहमा बसे।

तर,प्रश्न उहि रहयाे कि मिनेन्द्रलाई अचानक शेखर समुहमा कसले राख्याे ? जानकार स्राेतका अनुसार,मिनेन्द्र डा.शशांक समुहमा थिए।उनी दीपक खडका मार्फत डा.शेखर काेइराला समुहमा अचानक प्रवेश गरे। यसकाे पछाडिकाे हात कृष्णप्रसाद सिटाैलाकाे रहेकाे बताइन्छ।मिनेन्द्र शेखर समुहमा रहदा शशांक भने देउवा समुहबाट उपसभापति बन्ने चर्चा थियाे । यदि शेखरले मिनेन्द्रलाई समर्थन जनाएमा शशांक पछि हटने र शेखरलाई समर्थन गर्ने आश्वासन प्राप्त थियाे।यहि आश्वासनकाे भरमा शेखरले मिनेन्द्रलाई महामन्त्रीमा उम्मेदवार बनाए । र,सह-महामन्त्री बन्न लागेका धनराज गुरूङले उपसभापति ठाउ पाए भने उपसभापतिमा राखिएका महेश आचार्य टिममा अटाएनन। र,शशांक पनि देउवाकाे उपसभापति भएनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *