राजनीति

देउवा पक्षबाट वाग्मती प्रदेशका ३८ जनाले दिए उम्मेदवारी

काठमाडौं । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट वाग्मती प्रदेशका ३८ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबारसम्म देउवा पक्षबाट महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य गरी ३८ जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीमा डा.प्रकाशशरण महत, सह–महामन्त्रीमा महिलातर्फबाट डीना उपाध्याय, जनजातितर्फको सह–महामन्त्रीमा बहादुरसिंह लामा र खसआर्यतर्फ मोहनबहादुर बस्नेतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यसबाहेक ३४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *