काठमाण्डाैं । अहिलेसम्म माैन वसेका कृष्णप्रसाद सिटाैला वुधवार अचानक चर्चामा रहे। रामचन्द्र पाैडेल समुहकाे अलग भेला चलिरहदा यसलाइ स्थगीत गरेर जब स्वयम पाैडेल सिटाैलालाइ भेटन गए तब उनी चर्चामा आए ।
कांग्रेसकाे वडा देखि प्रदेशसम्मकाे अधिवेशन भइसक्याे तर यतिञ्जेलसम्म पाैडेल समुहले सिटाैलाकाे सामान्य खाेजीनिति पनि गरेकाे थिएन।तर जब सिटाैलाले प्रदेश अधिवेशनमा एक नम्वर प्रदेश र वागमती प्रदेश वाजी पल्टाए तब उनी चर्चाममा रहे।उनकाे खास हैसियत के रहेछ भनेर खुल्याे। सात प्रदेश मध्ये एक नम्वर प्रदेश काेइरालाहरूकाे वर्चश्व रहेकाे प्रदेश हाे तर यहि प्रदेशमा सभापति लडछु भनेर हिडेका शेखर काेइरालाले मात खाए।यता वागमती प्रदेश भनेकाे प्रकाशमान सिह र गगन थापाकाे मुख्य आधार क्षेत्र मानिएकाे थियाे तर यसमा पनि सिटाैला समुहकाे मद्धतले देउवा समहुका इन्द्र वानिया विजयी भए।
कांग्रेसमा प्रकाशमान सिह,विमलेन्द्र नीधि र गगन थापा भन्दा सिटाैला वलिया देखिएपछि वुधवार रामचन्द्र पाैडेल सिटाैला निवास पुगेका हुन।तर,याे भेटमा पाैडेलले खाेजेकाे सहयाेग भने सिटाैलाले दिएनन।सिटाैला यतिञ्जेल पनि विचमा वसेका छन।प्रदेश र जिल्लाका केही निर्वाचनमा देउवासंग निकट देखिएका सिटाैला कास्कीमा शुक्रराज शर्मा जिताउन पाैडेल पक्षलाइ मद्धत गर्न पुगे।उनले कालिकाेट देखि रामेछापसम्म प्रभाव देखाएका छन।
कृष्ण सिटाैला स्राेतका अनुसार,यसपटक महाधिवेशनमा सिटाैला सभापति उठने छैनन तर उनले कसलाइ मद्धत गर्ने भन्ने निधाे अहिलेसम्म गरिसकेका छैनन।उनी पर्ख र हेरकाे नीतिमा छन। तर यति हुदा पनि उनी पाैडेल समुहमा स्वयम पाैडेल देखि वाहेकलाइ मद्धत गर्ने पक्षमा छैनन।स्राेतका अनुसार,यदि पाैडेल नै सभापतिकाे उम्मेदवार भए उनलाइ मद्धत गर्ने तर यदि उनकाे ठाउँमा शेखर वा प्रकाशमान सिह भएमा देउवालाइ मद्धत गर्ने सिटाैलाकाे तयारी छ।




