रिबन

माओवादीले गठन गर्‍यो ३२ विभाग : अध्यक्ष प्रचण्ड स्कुल विभाग इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा विभाग गठन गरेको छ । पार्टीका नेताहरुलाई जिम्मेवारी दिएर विभाग गठन गरिएको हो ।

जसमा स्कुल विभागका इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफैं रहेका छन् । स्कुल विभाग प्रमुख भने गिरीराजमणि पोखरेललाई दिइएको छ ।

यस्तै विदेश मामिला विभागको प्रमुख नारायणकाजी श्रेष्ठ रहेका छन् । संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन् ।

नेता वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।

हरेक विभागमा ३५ सदस्य हुने भनिए पनि सबै सदस्य नियुक्त भने गरिएको छैन ।

[pdfjs-viewer attachment_id=176268 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/Kendriya-Bibhag-1.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/Kendriya-Bibhag-1.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *