रिबन

संस्थापन पक्षको बैठक सकियो, लागेन पदाधिकारीको टुंगो

काठमाडौँ । आसन्न महाधिवेशन पदाधिकारी चयन गर्नका लागि भन्दै बसेको नेपाली कांग्रेस संस्थापन पक्षको बैठक सकिएको छ ।

बुधबार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुरद देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले पदाधिकारीमा उम्मेदवारीको टुंगो भने लगाउन सकेन । बैठकमा पदाधिकारीमा आकांक्षा राख्नेहरुको नाम टिपोट गर्ने कार्य भएको बैठकपछि एक नेताले जानकारी दिए ।

“आज आकांक्षीको नाम टिपोट गर्ने मात्रै कार्य भयो । कुनै निर्णय भएको छैन,” नेता एनपी साउदले भने,“फेरि बैठक बस्ने छ ।”

बैठकमा संस्थापन पक्षबाट पदाधिकारीमा आकांक्षी धेरै भएपछि उम्मेदवार चयन गर्न सकस परेको हो । संस्थापन पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, बालकृष्ण खाण र एनपी साउदले दाबी गरेका थिए ।

कांग्रेस विधानमा ८ जना सहमहामन्त्रीको व्यवस्था भएकाले धेरै जनाले उम्मेदवारको आकांक्षा गरेका छन् । उपसभापतिमा भने हालसम्म कसैले पनि दाबी गरेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *