काठमाण्डौं । नेपाली कांग्रेसको सभापति उठछु भनेर चार वर्षदेखि क्याम्पेन गरेर हिडेका डा.शेखर कोइरालालाई अर्को पनि जोडधार धक्का लागेको छ । भर्खर मात्र प्रदेश १ को चुनावमा जोडदार धक्का खाएका कोइरालाका मुख्य अभियन्ता मध्येका एक डा.अमरेश कुमार सिह सर्लाहीमा भएको आन्तरिक चुनावमा नै महाधिवशेन प्रतिनिधि मै पराजित भएपछि डा.शेखरलाई धक्का लागेको हो । यसअघि उनको सचिवालयमा वसेर कोइरालालाई जिताउन अभियान देखि रणनीति वनाउन लागेका पुरञ्जन आचार्य पनि मोरङबाट महाधिवेशन प्रतिनिधि पराजित भए । प्रदेश १ को अधिवेशनमा सभापति उठेका गुरुराज घिमिरे पराजित मात्र होइन,उनलाई स्वयम कोइराला उनकै टिमका नेताहरुले मत नै हालेनन । कतिसम्म भने यहि टिमका ३ जना महाधिवेशन प्रतिनिधि सोलुखुम्वुबाट मत हाल्न आउदै आएनन । आफनै प्रदेश समेत जोगाउन नसकेका कोइराला हरेक दिन नया नया धोका खाइरहेका छन । तर उनै कोइराला अहिले केन्द्रिय नेतृत्वको लागि प्रतिस्पर्धा गर्छु भनेर लागेका छन । नेपाली कांग्रेसको संस्थापन पक्ष इतर समुहबाट सहमतिको साझा उम्मेदवार खडा गर्ने र यसमा कोइराला नै सभापतिको उम्मेदवार वन्ने तयारी भइरहदा उनी समर्थित नेता कार्यकर्ता भने धमाधम हारिरहेका छन । कोइरालाको आधार क्षेत्र रहेको पुर्व र प्रदेश १ मा नै उनी कमजोर भएपछि उनी कसरी चुनाव जित्छन भन्ने सवाल खडा भएको छ ।




