सुनसरी। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमै बसेको भए आफूहरूको हरिबिजोग हुने बताएका छन् । सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ओलीले आफ्ना विरोधीलाई पेलेको उल्लेख गर्दै आफूहरू एमालेमै भएको भए बिजोग हुने बताए ।
संविधानलाई नमान्ने लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टाउन चाहाने राप्रपा र ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था रहेको बताउँदै उनले भने, ‘भनेपछि हामी त्यहाँ भएको भए के हुन्थ्यो होला त ? हरि बिजोग हुन्थ्यो । त्यहाँ भएका मान्छेको हालत भएजस्तै ।’
एमालेमा भएका नेताहरू ओलीको कदमप्रति असन्तुष्ट रहे पनि बोल्न नसकेको उनको भनाइ छ । ‘मनभरि उकुसमुकुस छ । आनन्दले बस्न पनि नसक्ने, सुतौँ निद्रा नलाग्ने, उठौँ चैन नहुने,’ उनले भने, ‘बिजोग छ । यी (ओली) सुध्रिनेवाल छैनन् । त्यो जमात क्रान्तिकारी रहेन । कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन ।’




