काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा लगभग एक हजार ५०० प्रतिनिधि सहभागी हुने भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले परिपत्र जारी गर्दै सम्मेलनमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने जानकारी दिएका छन् ।
सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले खाने र बस्ने व्यवस्था आफैले गर्नुपर्ने परिपत्रमा उल्लेख छ । त्यस्तै प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको परिपत्रमा लेखिएको छ ।
आवेदन शुल्कबारेमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने जनाएको छ । त्यसैगरी सदस्यताको शुल्क दाखिला गरेपछि पदाधिकारीको लागि बाँकी शुल्क मात्र लिने व्यवस्था मिलाउने बताइएको छ ।




