समाचार

आसन्न १४ औं महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसले गर्यो पत्राचार

काठमाडौँ ।आसन्न १४ औं महाधिवेशनमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई नेपाली कांग्रेसले पत्राचार गरेको छ ।

कांग्रेसले मंसिर २४ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको पार्टीको महाधिवेशनमा शुभकामना दिनका लागि भारतीय जनता पार्टी, कंग्रेस आई, चिनियाँ कम्युनिष्ट पार्टी लगायत अन्य देशका राजनीतिक दललाई पत्राचार गरेको हो ।

भारतबाट प्रतिनिधिहरु सहभागी हुने भएपनि कोरोनाको नयाँ भेरियन्टका कारण चीनका प्रतिनिधि नआउन सक्ने सम्भावना रहेको कांग्रेसले जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *