शिक्षा / स्वास्थ्य

तत्काल लकडाउन हुँदैन-स्वास्थ्य मन्त्री विरोध खतिवडा

काठमाडौं ।सरकारले तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि नेपालमा लकडाउन हुने/नहुने चर्चा चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो बताएको हो।

स्वास्थ्य मन्त्रालयले लकडाउनबारे कुनै छलफल नभएको बताएको छ। यद्यपि भौतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन्।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले लकडाउनबारे औपचारिक-अनपौचारिक कुनै छलफल नगरेको बताए। ‘अहिले तत्काल लकडाउन हुँदैन। त्रास पार्ने काम गर्नु हुँदैन। कोभिड-१९ को प्रोटोकल पालना गरौं। यस विषयमा सरकार सचेत छ,’ उनले भने।

उनले सरकारको ध्यान खोप अभियानमै केन्द्रीत रहेको बताएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *