काठमाण्डाैं । डा.शेखर काेइरालालाइ प्रदेश १ काे अधिवशेनमा मत नहाल्दा प्रदेश १ मा कांग्रेसकाे अधिवेशनमा काेइराला प्यानलबाट चुनाव लडेकाे गुरू घिमिरे पराजित भएका छन।
प्रदेश १ काे अधिवेशनमा घिमिरे जम्मा २ भाेटले मात्र पराजित भएका छन।उनले मत हालेकाे घिमिरे र सिटाैला देउवा प्यानलका उद्धव थापाकाे मत वरावर हुने थियाे। याे अधिवेशनमा डा.शेखर र सुजाता काेइरालाले मत हालेका थिएनन । राेचक कुरा के हाे भने घिमिरे जम्मा २ मतले मात्र पराजित भएका थिए।
घिमिरे पराजित भएपछि डा.शेखर काेइरालाले माफी माग्दै भनेका छन-
कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो।कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।




