रिबन

कमल थापा अव पनि राजावादी भइरहलान ?

काठमाण्डौं । मंसिर १९ गते विहान कमल थापाको लागि शुभ रहेन । अघिल्लो दिनसम्म पशुपति शमशेर राणाले काचो नेता भनेर राजेन्द्र लिङदेनलाइ गरेको टिप्पणीमा हर्ष प्रकट र पोखरा मनमोहक भनेर हिशिला यमीले गरेको भिडियोमा खिसिटयुरी गर्दै उतै वसे भैगो नि त भनेर टिप्पणी गरेर वसेका थापा आइतवार विहान रिसले रातो पिरो भएका थिए । चुनाव त उनले राजेन्द्रसंग २२७ मत कम ल्याएर हारेका थिए । उनलाइ मत कम दिएर हराउने राप्रपाका देशभरका प्रतिनिधि थिए तर उनले रिस भने पुर्वराजा ज्ञानेन्द्रलाइ पोखेका छन । स्वयम कमल थापाले आक्रोश ब्यक्त गर्दै भनेका छन–सिंगो देश गणतन्त्रमय भएको बेलामा टाउकोमा कफन वाँधेर राजसंस्थावादी भएको पुरस्कार पाइयो ।
नेपालीमा एउटा उखान छ–धान खाने मुसो चोट पाउने भ्यागुतो । अहिले कमल थापाको हकमा यो उदाहरण ठयाक्कै मिल्छ । उनलाइ हराउने राप्रपाका प्रतिनिधि हुन,जसलाइ उनले छानीछानी काठमाण्डौं ल्याएका थिए । आफैले छानेको प्रतिनिधि भएकैले उनले खुल्ला च्यालेन्ज गरेका थिए राजेन्द्रलाइ–खुल्लामञ्चमा दौडौं जसले जित्छ उहि अध्यक्ष । यो अहंकार थियो उनको । यसको केही दिनपछि नै थापाले भने–खवरदार,निर्मलनिवासले हस्तक्षेप नगरोस । उनको यहि अभिब्यक्तिले थापा कमजोर भइसकेछन भन्ने आंकलन राजनीतिक पण्डितहरुले गरेका थिए । र,जब चुनाव हारे तब उनले सोझै निर्मल निवासलाइ धारेहात लगाएर भने–पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्र्सना गर्दछु ।
राजा र पुर्वपञ्चको सम्वन्ध भक्त र भगवानको जस्तो हो । अहिलेसम्म पनि औपचारिक रुपमा राजाले राप्रपालाइ मेरो पार्टी भनेका छैनन । वा यसलाइ मेरो समर्थन छ भनेका पनि छैनन । राप्रपाले राजा ल्याउनुपर्छ भनेर आफनो पार्टीको एजेण्डा मात्र वनाएको हो । राप्रपाले वनाएको यो एजेण्डामा राजाले समर्थन जनाएको पनि सुनिएको छैन । नढाटी भन्ने हो भने राजा र हिन्दु धर्मको मुद्धा उठाउदा जनसमर्थन पाइन्छ भनेर राप्रपाले राजा ल्याउँछु भनेको हो । यस अर्थमा भन्दा उसले राजाप्रति कुनै कृपा गरेको होइन । यदि कुनै भक्तले भगवानको पुजा गरेर फल पाएन भने थप प्रार्थना गर्छ कि मुर्ति नै उखेलेर फाल्छ ? कमल थापाले मुर्ति नै उखेलेर फालिदिएका छन । अर्थात उनी स्वार्थ राखेर राजा वोकेर हिडेका थिए । राजाबाट धोका पाएको महशुश उनले गरेका छन अहिले । धोका दिने राजालाइ कमलले अझै काँधमा वोकेर हिडलान कि भुइमा झारिदेलान त ?
राप्रपाको यो आन्तरिक चुनाव हो । एकछिनलाइ मानौं,यो चुनावमा राजाले हस्तक्षेप नै गरे भनेपनि उनले कति मत प्रभाव पार्न सक्लान ? किनभने पुर्वराजा राप्रपाका सवै नेतालाइ भेटन सक्दैनन र भेटेका पनि छैनन । उनले कुनै गुप्त कोठामा वसेर कुनै अमुक नेतालाइ जिताउनु भन्दा यसको प्रभाव कतिलाइ पर्ला ? के उनी सत्तामा छन ? उनले भनेको कुनै मतदाताले नमान्दा पनि के असर पर्छ र ?यस हिसावले हेर्ने हो भने राप्रपामा पुर्वराजाको सोझो दवाव वा हस्तक्षेप परयो भन्न कठिन छ । र,यदि हस्तक्षेप गरेको नै मान्ने हो भने पनि यो आन्तरिक चुनावले नेता मात्र फेरेको हो,एजेण्डा फेरेको होइन । राप्रपा पनि उहि छ र राप्रपाको एजेण्डा पनि उहि छ । फेरि किन कमल थापा यति आक्रोशित ? यसको एउटै कारण–माछा देखे दुला भित्र हात र सर्प भेटे दुला वाहिर हात । दरवार र पुर्वराजबाट शुभलाभ हुन्जेलसम्म राप्रपाका नेताहरु सुर्यवहादुर थापा र पशुपति शमशेर राणा पनि राजभक्त थिए । पछि उनीहरु गणतन्त्रवादी भए । अब राजाले धोका दिएको निष्कर्ष एकै रातमा निकालेका कमल थापा पनि गणतन्त्रवादी हुदैनन भनेर कसले भन्न सक्छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *