झण्डै ८ करोड खर्च गर्छु भनेर चितवनको सौराहा झरेको नेकपा एमालेले करिव एक अर्व खर्च गरेको प्रारम्भिक आंकडा सार्वजनिक भयो । भब्यताको दृष्टिले न भुतो न भविष्यति वनाउने उसको चाहना थियो । यसैले ५० लाख खर्च गरेर एकदिने मञ्च वनायो । यति महंगो मञ्च हेर्नको लागि पाच लाख मानिस उतार्ने उसको उदेश्य थियो । तर,वोल्दावोल्दै १५ लाख मानिस उतारियो भनेर हुँकार गरयो । सौराहमा पसेको एमाले तिन दिन महाधिवेशन सक्ने योजनामा थियो तर दुइ दिन लम्वियो । पार्टीको आन्तरिक चुनाव सकभर नगर्ने र गर्नैपरे विद्युतिय मेशिन प्रयोग गर्ने उसको योजना थियो । यसको लागि सय वटा विद्युतिय मेशिन ल्याइएको थियो । तर,अन्त्यमा सर्वसम्मित भएन,चुनाव भयो । विद्युतीय मेशिन कता हरायो कुन्नि अनि मत गन्नै घण्टौं लाग्यो । यो हो हाम्रो पार्टीहरुको काम गर्ने तरिका । यो हो सोच ।
कुरा,एमालेको मात्र होइन,राप्रपाको पनि उस्तै छ । दुइ दिनमा महाधिवेशन सक्ने योजना थियो–उसको । तर,प्रक्रियामा लफडा परेपछि एक दिन लम्विइसक्यो । एमालेको जति भब्य भएन तर खर्च उसको पनि कम छैन । अध्यक्षको उम्मेदवारी दर्ताको लागि मात्र एक लाख रुपैया शुल्क तोकिएको छ । राप्रपाका २६६ जना उम्मेदवारबाट शुल्कबापत नै करिव ५० लाख रुपैया संकलन भएको छ । अब पार्टीका आन्तरिक चुनावमा पनि गरिव र विपन्न वर्गको नेताले राजनीति नगरे हुने स्थिति पैदा भएको छ ।
कुरा यति मात्र होइन,नेपाली कांग्रेस पनि महाधिवेशनमा छ । वडा तह देखि केन्द्रिय अधिवेशनसमेत गरेर उसले ७ वटा चुनाव गर्दाेरहेछ । अहिलेसम्मका पार्टीका अधिवेशन मध्ये कांग्रेसको महाधिवेशन र आन्तरिक प्रतिस्पर्धा अलि वढी फराकिलो र अलि ब्यापक देखिन्छ । किनभने एमाले दुइ वडा,पालिका र केन्द्रको अधिवेशन एकैपटक गरयो । माओवादीको पनि वडा र पालिकाको गरेर राष्ट्रय सम्मेलन हुदैछ तर कांग्रेसको वडा,पालिका,क्षेत्र,प्रदेश,केन्द्र समेतको अधिवेशन भएको छ । रोचक कुरा चाहि आफुलाइ प्रजातान्त्रिक समाजवादी भन्ने कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा भयो । यो अधिवेशनमा अध्यक्षको उम्मेदवारलेमात्र ९१ हजार रुपैया शुल्क वुझाउनुपर्ने प्रावधान राखियो । केन्द्रिय अधिवेशनमा केन्द्रिय सभापतिको उम्मेदवारलेजम्मा २५ हजार शुल्क वुझाए पुग्छ तर प्रदेशमा झण्डै एक लाख रुपैया शुल्क कुन मनशाय,कुन अभिप्राय र कुन प्रयोजनको लागि राखियो होला ? कांग्रेस गण्डकी प्रदेशका नेता महादेव गुरुङ्गले प्रश्न गरे–कांग्रेस कसको पार्टी हो ? यो सवाल अबका दिनमा हरेक दिन हुनेछन ।
कुरा केवल पैसाको मात्र होइन । यो सवाल नियतको हो । यो सवाल सोचको हो । यसमा पार्टीहरु खरो उत्रन सकेनन भने पार्टीहरु पार्टी रहन्नन,पाटी हुन्छन । यिनिहरु विचारको पुञ्ज हुदैनन,पुजिपतिको घोडा हुन्छन । के यस्तै घोडा पार्टी हो जनताले खोजेको,जहाँ माफियाले राजनीति गर्छ र राजनीतिकर्मी कारिन्दा हुन्छ ?
पार्टीहरुको महाधिवेशन शानदार किसिमले चलिरहेको छ । तर,हरेक राजनीतिक दलको विचमा विचारको प्रश्न गौण छ । महाधिवेशनको सुरुवातकर्ता दल एमाले हो । तर,सवैभन्दा विचारको वहश नभएको पार्टी पनि त्यही हो । भीम रावलाइ उठन दिने कि नदिने भन्ने वहशमा दुइ बढी किचलो गरयो यसले । तर,अब टुटेर,फुटेर,छिन्नभिन्न भएर चुर क्षणभंगुर भएको दल कता जाने ? कता लैजाने ? भनेर एक मिनेट पनि वहश भएन । त्यहाँ कि बा भेटिए कि हनुमानदस्ता । तर जादाजादै उनीहरुले दुनियको आखाकामा छारो हाल्न १७ वुदाको राजनीतिक डकुमेन्ट सार्वजनिक गरे । तर यी वुदा न एमालेजनले पढे न आम जनताले ।
हरेक पार्टीका महाधिवेशन अहिले नेता छान्नेमा मात्र ब्यस्त छन । दाइ वा वा जिताउने ध्याउन्नमा कार्यकर्ताछन । खासमा भन्ने हो भने हरेक पार्टीले छानेका प्रतिनिधिले नेता छान्दैनन,नेताले प्रतिनिधि छान्छन र आफुलाइ पुन अनुमोदन गर्न आदेश दिन्छन । यहि आदेशको तामेल गर्ने ठाउ महाधिवेशन भएको छ ।
खासमा यस्ता महाधिवेशनले बलियो पार्टी र देश निर्माणको खाका कोर्नुपर्ने थियो । जनतामा छाएको निराशा, कार्यकर्तामा छाएको अन्योलताको तुवालो हटाउनुपर्ने थियो । तर,महाधिवेशन पिकनिकमा परिणत भएर सकिएका छन ।
वेलैमा होस सम्हाल दलहरु नत्र तिम्रा दल दलदलमा फस्नेछ ।




