१,
आँखा लठ्ठिँदा
कालो पाखी ओढेर
कुना खोजेको ।
२,
बहाना मात्र
मरिसक्दा जिउँदो
विष पग्लिँदा ।
३,
खोतल्दै जाँदा
पातलिन सकेन
तह नमिल्दा।
४,
तिमी आकाश
भए नभए पनि
लुकाएपछि ।
५,
सुकाएको हो
बेरेर तताएको
घामै ओझेल ।
६,
छोएको थिएँ
भित्रैदेखि सल्केको
झ्याप्पै निभेछ ।
७,
खुम्चिँदो इच्छा
सुँघेरै छाडिदिएँ
उडेको गन्ध ।
८,
झुक्किन पुगेँ
रोजी -रोजी छानेको
बासी परेछ ।
९,
फूल फुलेन
लटरम्म हरियो
खस्रो हत्केला ।




