रिबन

भर्चुअल प्रविधिबाट कांग्रेस प्रदेश अधिवेशन उदघाटन, देउवा भन्छन-अवकाे चुनावमा विजयी हुनैपर्छ

काठमाण्डाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाइ अवकाे निर्वाचनमा जित दिलाउने गरि अघि वढन निर्देशन दिएका छन।प्रधानमन्त्री समेत रहेका देउवाले १४औँ महाधिवेशनबाट पार्टीलाई थप शशक्त वनाउन अपिल गरेका छन।उनले अवकाे तीनै तहको निर्वाचनमा कांग्रेसलाइ विजयी गराउन गरि काम गर्न अपिल गरेका छन ।

उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको पनि बताए । देउवाले भने-केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछाँै । त्यसैले पनि १४आँै महाअधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ । पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाउने तथा जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।

प्रदेश २ वाहेक वाकी प्रदेशमा नेपाली कांग्रेसकाे अाज र भाेलि अधिवेशन छ।याे अधिवेशनले नया नेतृत्व चयन गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *