काठमाण्डाैं । राप्रपा अध्यक्ष कमल थापाले पार्टी महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै ‘निर्मल निवासबाट हस्तक्षेप नहाेस’ भनेर चेतावनी दिए । महाधिवेशनको हलमा प्रवेश गर्दै गरेको राप्रपा अध्यक्षले यसो भनेपछि प्रष्ट भयो कि थापासँग निर्मल निवास खुसी रहेनछ भनेर । संवैधानिक राजसंस्था लाई आदर्श बनाएर हिँडेका थापाले नै निर्मल निवास भनेर पुर्वराजालाइ चेतावनी दिए।उनले यति भनेपछि प्रश्न उब्जियाे-के साँच्चै कमल थापा राजा ल्याउन चाहन्छन् ? यदि चाहन्छन् भने उनले निर्मल निवास भनेर पुर्वराजालाइ किन दाेषरापण गरे ? उनले यसो भन्दा राप्रपा कै अर्का युवा नेता राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरिसकेका थिए।लिङदेनकाे उम्मेदवारी अर्थ के हो भने कमल भन्दा म राजावादी हुँ भन्ने नैहाे । यसैले अहिले महाधिवेशनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा को बढी राजावादी हुने भन्ने होड चलेको छ। प्यानल नै बनाएर महाधिवेशनमा होमिएको अध्यक्ष कमल थापा पक्ष र युवा नेता राजेन्द्र लिङदेन पक्षको बिचमा खाट्टी राजावादी हुने प्रतिस्पर्धा चलेको छ।
पार्टी महाधिवेशनको कार्यतालिका संशोधन गरेर एक दिन लम्ब्याएको राप्रपा यति वेला को जित्ने भन्ने दौडमा मात्र छैन,कसले जित्दा राजसंस्था फिर्ता ल्याउन सकिन्छ भन्ने खेलमा पनि लागेको छ।राप्रपाको करिब दुई दशक देखि नेतृत्व गरिरहेका कमल थापाबाट अब पार्टी र एजेन्डा थप स्थापित गर्न सकिन्न भनेर प्रतिनिधिसभामा चुनाव जित्ने एक मात्र राप्रपा नेता लिङदेनले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।
थापाको चेतावनी भुईँमा खस्न नपाउँदै राजावादी वकिल भनेर चिनिएका वालकृष्ण न्यौपाने अर्को तुरुप फालेका छन्।उनले भनेका छन-कमल थापाले खुवाएको पैसा र भात खानु तर भोट चाहिँ लिङदेनलाइ हाल्नु। वरिष्ठ अधिवक्ता समेत रहेका नेउपानेकाे नजरमा थापा राजावादी हाेइनन । थापाले पुर्वराजाप्रति शङ्का गर्नु र न्यौपाने यस्तो भन्नुको पछाडि अनेक कारण देखिन्छ।
राप्रपामा कमल थापाको नेतृत्व हुँदैन भन्नेहरूले उनकाे कमजोरी केलाउन थालेका छन्। थापा राजसंस्थावादी भए पनि राष्ट्रपति चयन गर्दा समर्थक बसेको र बेलायतमा पुगेर यो संविधान उत्कृष्ट भनेको कुरा राप्रपाका राजावादीलाई मन परेको छैन।यसमाथि केपी अेालीकाे सरकारमा उपप्रधानमन्त्री हुँदा यो संविधानलाई संस्थागत गर्न खेलेकाे भूमिकाबाट चरम राजावादी झन् रुष्ट छन्। यिनै गल्ती गन्दै थापालाई कमजोर देखाउन थालेपछि अचेल उनले विगतका गल्ती दाेहाेरयाउन्न भन्न थालेका छन्।तर,निर्मल निवास भनेर नामै तोकेर पछिल्लो समय बोलेपछि अब थापा हटाउने अभियानमा लिङदेनलाइ डा.प्रकाशचन्द्र लोहनी,धवल शमशेर राणाहरूको साथ मिलेको छ ।
यसमाथि दरवारसंगकाे भेटलाइ समेत व्यक्तिगत हितमा प्रयोग गरेको दाेषपनि उनी माथि लागेको छ।तर के यसका बाबजुद पनि करिब दुई दशक देखि पार्टी राजनीतिमा रहेकाेर अनुकूल सङ्गठन बनाएका थापालाई लिङदेनले हराउन सक्लान् ? यो सवाल भने गम्भीर छ।




