रिबन

अमेरिकाले एमसिसि पास गर्न अन्तिम डेडलाइन दिएकै दिन संसद किन डाकियाे ?

काठमाण्डाैं।भएभरका अध्यादेश जारी भएकाे भाेलिपल्ट संसदकाे हिउँदे अधिवेशन डाकिएकाे छ।याे अधिवेशन अव मंसिर २८ गते वस्नेछ।याे अधिवेशनले के के काम गर्नेछ अलग वहशकाे विषय हुन सक्छ तर याे अधिवेशन डाकिएकाे मिति भने गजबकाे रहेकाे छ।

नेपालले अमेरिकासंग गरेकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्वन्धी सम्झाैता पास नभइ यति कै अडकिएर वसेकाे छ।नेपालका राजनीतिक दल यसमा विभाजित भएका छन।याे मुद्धा अव अनपपुलर भइसकेकाे छ।यस्ताे सम्झाैता पास गर्न अमेरिकाले नेपाललाइ अन्तिम पटक दिएकाे समय सिमा डिसेम्वर १४ हाे।अर्थात नेपाली मिति मंसिर २८ गते हाे।जुन एमसिसि पास नभए नेपालसंग भएकाे एमसिसि सम्झाैता अन्तै लैजान्छु भनेर अमेरिकाले भनिरहेकाे छ,साेही दिन सरकारले हिउदे अधिवेशन डाकेकाे छ।के याे संयाेग हाे वा नियाेजित ?

नेपालका राजनीतिक दलहरू एमसिसिलाइ लिएर विभाजित भएका छन।उनीहरू वरू याे सम्झाैता खेर जाअेास तर स्विकार्दैनाैं भन्ने तहमा छन।सम्झाैता गर्ने दल नेपाली कांग्रेसकै सरकार छ तर कांग्रेस मै पनि याे विषयमा मतभिन्नता छ।यति मात्र हाेइन,याे विषयमा सत्ता गठवन्धनमा ठुलाे मतभिन्ता छ।यस्ताे वेलामा सरकारमा रहेकाे दलहरू विच नै सहमति नभइ एमसिसि पास हुन सक्दैन।यस्ताे वेलामा दलहरूले केही पनि नगरेर यसलाइ पर सार्न खाेजेकाे देखिन्छ।

बर्षे अधिवेशनमा एमालेले माधव नेपाल सहितका १४ जना सांसद अवैध हुन भनेर कि माधवलाइ कारवाही गर नत्र सभामुखले राजीनामा देउ भनेर नारा लगाएर सदन चल्न नदिएपछि अधिवेशन अन्त्य भएकाे थियाे।एमालेकाे माग अझै सम्वाेधन भएकाे छैन।एमालेकाे माधव नेपाल प्रतिकाे रिस पनि मरेकेा छैन।कतिसम्म भने एमालेकाे महाधिवेशनमा माधव नेपाललाइ निम्ताे समेत गरिएकाे थिएन।

यस्ताे वेलामा डाकिएकाे संसदकाे वैठक कसरी चल्ला ? यसका वावजुद सरकारले संसदकाे हिउदे अधिवेशन डाकेकाे छ।सामान्यतया हिउदे अधिवेशनमा सरकारलाइ देश चलाउन जरूरी कानुन सदनसंगकाे समन्वयमा तयार पार्ने चलन छ। तर,नेपालमा दलहरू यतिधेरै विभाजित भएका छन कि एकले अर्काकाे मुख नहेर्ने वातावरण वनेकाे छ।यस्ताे वेलामा खाेलिएकाे सदनकाे ढाेकाले कुनै परिणाम देला ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *