काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्तालाइ कसैले धम्की दिए आफुलाइ खवर गर्न निर्देशन दिएका छन । विहिवार रौतहटबाट माओवादी पसेका कार्यकर्तालाइ सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । उनले माओवादी नजाउ भनेर तपाइहरुलाइ पनि भनेका होलान भन्दै अव देखि तपाइहरुलाइ कसैले धम्की दिए मलाइ भन्नुस भनेका छन ।उनले माओवादीलाइ धम्क्याउनेलाइ वाकी नराख्ने वताएका छन । उनले माओवादी अब देशकै भरपर्दो पार्टी वन्ने वताए । सम्वोधनको क्रममा अध्यक्ष दाहालले माओवादी कमजोर भए जनता कमजोर हुने वताएका छन ।
काठमाण्डौंमा भएको कार्यक्रममा उनले अहिलेको परिवर्तन माओवादीले मात्र गरेको वताएका छन । उनले राप्रपा महाधिवेशनमा नेकपा मालेका महासचिव सीपी मैनालीसंग भएको जुहारी पनि सम्झेका छन । उनले भने–हिजो राप्रपाको अधिवेशनमा गए । एकजना पुराना कम्युनिष्ट त पुरा भक्त भएछन । उनले राजानाको गुणगान गाए । मैले उनलाइ तिमी त राप्रपाको अध्यक्ष नै पो हुन लाग्यौ कि क्या हो ? भने । नाम कम्युनिष्ट छ तर काम सामन्तको जस्तो ।
उनले नेकपा माओवादीले अहिलेको प्रणाली ल्याएको भन्दै अव माओवादी झन सशक्त वनाउने वताए । अध्यक्ष दाहालले विचमा माओवादी नेता काठमाण्डौंमा भुलेको भन्दै अब जनताको दैलोमा जानु पर्ने वताए । उनले संगठन वनाउन आफु अग्लो पहाड सम्म पुगेको पनि वताए ।




