राप्रपा भित्र अध्यक्ष कमल थापालाइ नेकपा एमालेका अध्यक्ष केपी ओली निकट रहेको आरोप छ । केपी प्रधानमन्त्री हुदा उनको परराष्ट्रमन्त्री भएर थापाले काम गरेका थिए । विचार,सिद्धान्त,संगठन कुनै कुराले पनि समानता नभएका थापालाइ ओलीले प्रधानमन्त्री हुदा सीपी मैनाली र चित्रवहादुर केसीलाइ समेत पन्छाएर वैद्य देखि विप्लसम्म चिन देखि भारतसम्म वार्ता गर्ने जिम्मा दिएका थिए । यहि वेला नै हो थापाले ओलीको भारतसंग सम्वन्ध सुधार गर्न भारतीय वावाको समेत प्रयोग गरेका थिए । तिनै थापाले शुक्रवार चितवनको नारायणी नदी तिरमा एमालेलाइ शुभकामना दिदै ओलीको उच्च प्रशंशा गरे । विप्लव र सीके राउतलाइ शान्ति प्रक्रियामा ल्याएको भन्दै प्रशंशा गरे भने भारतसंग नाकावन्दीमा नझुकेको भनेर एमालेको विशाल जनसमुदायको ताली खाए । सामन्ती संस्कारमा के चलन हुन्छ भने एक चम्चा गुँद खुवाएर आफनो वनाउने अनि दिनभर काममा जोताउने । वलवान मानिस छ भने प्रशंकाले सर्लक्कै गाल्ने अनि आफुप्रति नतमस्तक पार्ने । चितवनमा थापाले यहि नीति अपनाए । ओलीको उच्च प्रशंशा गरेका थापाले भने–हामी कहाँ जान भनेर हिडेको कहाँ पुग्यौं ? लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भयो । थापा यतिमा रोकिएनन । उनले भने–अव ओलीले ऐतिहासिक निर्णय लिनुपर्छ ।
नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद,लेनिनवाद हो । उसको संगठनको ढाचा लेनिनवादी हो । र,मुल सिद्धान्त जबज अर्थात जनताको वहुदलिय जनवाद हो । अर्थात वहुलवादमा आधारित संसदीय प्रजातन्त्र अव उसको मुल उदेश्य हो । तर,एमालेकै भाषामा पाच लाख कार्यकर्ताको माझमा कमल थापाले ओलीलाइ ऐतिहासिक निर्णय भनेर के भन्न खोजेका हुन ? तिन दिनसम्म चल्ने एमाले महाधिवेशनले यसलाइ पर्गेल्नुपर्छ ।
केपी ओली छाडेर गएका माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले जादाजादै ओलीलाइ दक्षिणपन्थी भनिदिए । यो संविधान र ब्यवस्था प्रति इमान्दार नभएको आरोप पनि लगाए । वामपन्थी होइन, ठोरीवाला रामपन्थी पनि भनिदिए । ओलीका कतिपय ब्यवहार र संगतले यो हो कि क्या हो ? भन्ने झल्को पनि दिन्छ । नत्र वालुवाटार देखि चितवनसम्म रामसीताको मुर्ति लावालस्कर सहित उनले किन पठाउँथे ? तर के ओली रामनामी वनेर पिताम्वर ओडेर हिडन सक्छन ? वा भारतमा भाजपाले जस्तो धर्मभिरु पर्टी वनाउन सक्छन ? शुक्रवार नै चितवनमा ओलीले भने–चुनावमा केन्द्रित हुनुस,चुनाव आइसक्यो । अर्थात,उनको तन अहिले महाधिवेशनमा छ तर मन चाहि चुनावमा छ । अव ठोरीवाला रामको फण्डा चुनावी एजेण्डा होइन कसरी भन्ने ? उनको प्रष्टै संकेत छ–चुनावमा यी एजेण्डा प्रयोग हुन्छन अनि विपक्षीलाइ पेलिन्छ । कतिसम्म भने आफुले वोलाएका पाहुनालाइ नै उनले सत्तोसराप गर्न भ्याए । ओली भन्छन–मेरा खुटटा तान्नेहरु अहिले प्रधानमन्त्रीको खुटटा समाइरहेका छन । उनले यसो भन्दा मञ्चमा माओवादी,राजमो,जसपाका नेता थिए । यति अराजक ओलीले भोलि कुन मुद्धा वोक्छन र को संग सहकार्य गर्छन भनिरहनुपर्छ र ?
पुर्वपञ्चहरु नै भन्छन–कमल थापा राजावादी मान्छे होइन भनेर । वामपन्थीहरु पनि कमल थापा राजावादी होइन भन्छन । तर उनको पार्टीको मुल सिद्दान्त संवैधानिक राजसंस्था छ । राजावादी होइन भने थापाले यो मुद्धा किन वोकेको छन ? वौद्धिकहरु भन्छन–चुनाव देखि चुनावसम्मको लागि । अर्थात नेपालमा राजनीतिक दलको सिद्धान्त र ब्यवहार पटक्कै मिल्दैन । तर,जनता झुक्याउनको लागि यस्ता मुद्धा वोक्ने गर्दछन ।
सिद्धान्त कै कुरा गर्ने हो भने नेकपा एमालेले सर्वहाराको पार्टी हो । किसान,मजदु,श्रमिक उसका पिल्लर हुन । तर,चितवनमा जम्मा चार घण्टा भाषणको लागि उसले वनाएको मञ्चको मात्र खर्च ५० लाखको थियो । एउटा तिन दिनको महाधिवेशनको लागि उसले करिव ८ करोड खर्च गर्ने भनेको छ । यो पार्टी कोषको मात्र खर्च हो । यसमा ब्यक्तिगत खर्चको कुनै हिसाव छैन । र,उसले नारायणी नदी किनारमा महाधिवेशन गर्दा जाम यति वढयो कि यो रत्नगरसम्म आइपुग्यो । महाधिवेशनमा आएका कार्यकता गैंडाकोटबाट फर्किए । विरामी वोकेका एम्वुलेन्स घण्टौं जाममा परे तर तिनले वाटो पाएनन । तैपनि उसले जनताको नाममा कसम खादै गरिव निमुखा वर्गको मुक्तिको कुरा गर्न छाडदैनन भने यो कसको पार्टी हो ? यहा कुरा केवल एमालेको मात्र छैन,अरु वाम पार्टीको हालत पनि उस्तै छ । अलि अघि मात्र नेत्रविक्रम चन्दको नेकपाले वन्दीपुरमा भेला गरयो । पुष्पकमल दाहाल अलिकति मुड खराव भयो कि सुकुटे कि काभ्रेको जिपलाइन पुगिहाल्छन । उनको आलिशान वंगला र डेढलाखको खाटको त विश्वब्यापी चर्चा छदैछ । सिद्धान्त र ब्यवहार नमिलेकै कारणले उनीहरु भन्छन एउटा गर्छन अर्कै । राजनीतिका चतुर खेलाडी थापाले यसैकारण माक्र्सवादी एमालेलाइ फुक्र्याउनुसम्म फुक्र्याएर अव ऐतिहासिक निर्णय गर भने । जब यो गणतन्त्र सर्वसत्तावादमा परिणत भयो भन्ने मुल्यांकन थापाको छ भने उनले ओलीबाट थप अपेक्षा के गरेका हुन ? ओलीले अव गर्ने कुन निर्णय ऐतिहासिक हुन्छ ? थापाको भाषा, लवज र आशयले भन्छ–ओली अव पछि फकिदिउन । अर्थात राजालाइ काँधमा हालेर हिडुन, धर्मनिरपेक्षता फालिदिउन,संघियता खारेज गरुन ।
सवैभन्दा उदेकलाग्दो कुरा चाहि के थियो भने ओली महान भन्दा ताली वजाएका एमालेजनले ओलीले ऐतिहासिक निर्णय गरुन भन्दा पनि ताली वजाए । भन्न कठिन छ–थापाको अन्त्र्यमा लुकेको कुरा वुझेर वजाए वा नवुझिकन ।
एकदिन एमाले चितवनबाट फर्किनेछ । तर कुन चिन्तनबाट ? प्रश्न यो छ । के एमाले पछि फर्किने मन गर्दै फर्किनेछ ? वा अघि वढने दृढता सहित ?
मानिसका वेग्लै प्रकारका जुँगाकाे साइज हुन्छ।जस्ताे,राजा वीरेन्द्रकाे जुँगालाइ किङ साइज भन्ने चलन थियाे।माधव नेपालकाे जुँंगा थाेरै नाक मुनि थियाे र अहिले गायव अर्थात सफाचट भयाे । प्रचण्डका ठाडा जुँगाले के भन्न खाेजेका हुन,मानिसहरू राैं राैंकाे अर्थ निकाल्न सक्ने भए। तर केपी अेालीकाे ८ बजेर २० मिनेट जादाकाे अाकारकाे जुँगाकाे अर्थ के हाे ? यसले के संकेत गर्दैछ ? अझ प्रष्ट भइसकेकाे छैन।




