रिबन

मध्यरातमा चितवनमा के-के भयाे ?

काठमाण्डाैं।दिनभर उदघाटन र कार्यकर्ताकाे ब्यवस्थापनमा जुटेकाे नेकपा एमालेले मध्यरातमा कमाल गरेकाे छ।जब राती भयाे तब उसकाे नवाैं महाधिवेशनबाट चुनिएकाे केन्द्रिय कमिटीकाे वैठक वस्याे।याे पुरानाे कार्यसमितिकाे अन्तिम वैठक थियाे।

मध्यरातमा वसेकाे केन्द्रिय समितिकाे वैठक चानचुने कामकाे लागि वसेकाे भने थिएन।यसले गाेदावरीमा विधान पास गरेर तयार पारेकाे विधानलाइ उलटपुलट पारिदिएकाे छ।

मध्यराताा वैठकमा सकिएकाले प्रचार विभाग प्रमुख याेगेश भटटराइले हस्तलिखित वक्तब्य जारी गरेक छन।

उनले जारी गरेकाे बक्तब्यमा पार्टीमा नेता ब्यवस्थापनकाे लागि उपाध्यक्ष र उपमहासचिव पद संख्या वढाइएकाे छ।महाधिवेशन सकभर सर्वसम्मत वनाउन नेता ब्यवस्थापन गर्ने उदेश्यले यस्ताे गरिएकाे हाे ।

अव एमालेकाे पदधिकारीमा उपाध्यक्ष संख्या ४ बाट वढेर ६ पुगेकाे छ भने उपमहासचिव एक बाट वढेर ३ पुगेकाे छ।नेतृत्वकाे लागि आकांक्षकाे अनुहार हेरेर यस्ताे रकमी संशाेधन गरिएकाे हाे । यति मात्र हाेइन,एमालले मध्यरातमा नै पाेलिटब्युराे ९९ जनाकाे वनाएकाे छ भने केन्द्रिय समिति सदस्य २२५बाट वढाएर ३०१ पारिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *