आरोग्य माटो पहरो छ न्यानो
डाँडा र काँडा छ पहाड छानो
होचो तराई प्रिय गर्व साथी ।
नेपाल सग्लो छ सधंै ममाथि
खोला नदी ताल तलैतला ती
खेल्छन् वनैमा मृग शावकै ती ।
डाँफे मुनालै मयुरै घुमेर
नाच्ता घना जङ्गल रम्य हेर ।।
बोलेर खोल्छन् चिरिरी चरीले
प्राणी जगत् मुग्ध सिबालिकाले
लाखौं थरीको पुतली छ ताँती
उल्लासको जीवन जीव भाँती
ताराहरू साँझ खुसी नसाट्तै
प्यारा जुनी बास बसी नसक्तै ।
ओर्लिन्छ आकाशसँगै जुनेली
चिम्लिन्छ मान्छे निशिमा परेली ।।
सुस्ताउँछन् प्रेमिल प्राण प्राणी
निस्ताउदैनन् सुखपूर्ण मानी ।
पाइन्न यो कौतुक अन्य ठाउँ
उद्यान हो यो म बसी रमाऊँ ।
* * *
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




