१,
आकाश छुँदा
हेरेरै गालिदिएँ
फलामे खिया ।
२,
एकान्त साँझ
सम्झेरै तल झारेँ
हरियो बोट ।
३,
नजिक पर्दा
अगेनोभित्र हात
अगुल्टे धूँवा ।
४,
गाडेको देखेँ
हँसिलो मुख पार्दै
फर्केको बेला ।
५,
छोप्दाको मज्जा
लुकेर हेर्दाखेरि
सलक्क टिप्दा ।
६,
छर्लङ्ग तिमि
टाढाबाट देखिँदा
काँट मिलेको ।
७,
कसरी सम्झूँ
कति चोटि पल्टाएँ
रातै रित्तियो ।




