कला/साहित्य

श्रीराम श्रेष्ठका तन्का


१,
किन दिएको
शङ्कालु मन मात्र
दुवै नजिकै
धीत मारेर खेलौँ
कराऔँ पानी धोक्दै ।
२,
चिसो चउर
कुखुराको झम्ट्याइ
ब्वाँसो बनेका
थकित अबिश्वास
समाउन पल्केका ।
३,
गुराँस फुल्यो
ढकमक्क आकाश
बनै थर्किने
कोइलीको आवाज
सङ्गितबद्ध धुन ।
४,
सुनेँ र देखेँ
त्यो तिम्रो अनुहार
गुराँस जस्तै
सधैँ फुलिरहने
अजम्बरी बुटीझैँ ।
५,
चिसो मौसम
घामको उज्यालोमा
तात्तिएको शरीर ।
न्यानो खोजेर
सिरकभित्र घुस्दा
चिसो भाग्न खोजेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *