रिबन

‘देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस् भन्दा मानिएन, अहिले उहाँलाई नै बनाउनुपर्‍यो’

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको बताए ।

‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन । वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो,’ उनले भने, ‘अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले थपे, ‘त्यसैअन्तर्गत बालुवाटार, बालकोट र सातै प्रदेशबाट आउट गरियो नि त ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *