काठमाण्डाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् ।
उनि गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए । यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छिन्।
कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ ९ग० मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।




