रिबन

ओली जतिको ठग नेपालमा अर्को जन्मेकै छैन–प्रचण्ड

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाइ नेपालकै ठग भनेका छन । पुर्वी चितवनमा मन्त्रीकापरिषदका चार जना सदस्य समेत वोकेर गएका अध्यक्ष दाहालले चितवनवासी समक्ष सोमवार विहानै भाषण गर्दै एमाले र केपी ओली जति ठग कोही नभएको वताएका हुन। उनले ओलीसंग तिन बर्ष सहकार्य गरेर यो कुरा थाह पाएको वताएका छन । सभामा उनले आफु फेरि पुर्वी चितवनमा दुइ दिन वस्नेगरि आउने आश्वासन दिदै एमाले ठग्न जन्मिएको पार्टी भएको तर माओवादी गरिव किसान र सुकुम्वासीको हातमा लालपुर्जा वाडन जन्मिएको पार्टी भनेर चिनाए ।उनले यसो भन्दा तालि वजेको थियो । अध्यक्ष दाहालले चितवनमा जाली ठग र फटाहले आफनो वारेमा भ्रम फैलाएको वताउदै अब त्यस्ता भ्रमका पर्दा च्यातचुत पार्ने वताए । उनले माओवादी असफल भए यो राष्ट्र नै असफल हुने वताए । उनले भने–माओवादी फेल भए यो राष्ट्रअसफल हुन्छ । कि त हामीले जनयुद्ध गर्नै हुन्न थियो । अब यो परिवर्तन भइसक्यो । यसलाइ संस्थागत गर्ने वेलामा टुटफुट र तितर वितर गर्नु भनेको अपराध हो ।यसैले हामी वलियो हुदा राष्ट्र वलियो हुन्छ । हामी कमजोर हुदा राष्ट्र डुब्छ । यसैले हामी माओवादीपार्टीलाइ पुर्नगठनको अभियानमा छौं । यो रोकिनेवाला छैन ।
उनले माओवादी चार पाच महिना भित्र विशाल पार्टी हुने वताए । अध्यक्ष दाहालले यहि चुनावमा ठुलो आकार लिने पनि वताए । उनले भने–वरु आवश्यक परे चुनाव प्रणाली नै वदल्छौं । यसमा हाम्रो प्रधानमन्त्री पनि तयार हुनुहुन्छ । हामीले पुर्ण समानुपातिक वनाउन सक्यौं भने चुनाव लडन चार पैसा पनि लाग्दैन ।
अध्यक्ष दाहालले राष्ट्रपतिलाइ महारानीको संज्ञा दिए । उनले भने–राजा महाराजा जस्तो भएर हिडने राष्ट्रपति चाहिन्न । जनताको मनमा वस्ने राष्ट्रपति चाहिन्छ । यो गर्न पनि गाह्रो छैन । कस्तो कस्तो काम त गरें,यो केही होइन । हामी सडकमा दस विस हजार मानिस उत्रने वित्तिकै परिवर्तन हुन्छ ।
उनले सुकुम्वासीलाइ जग्गा वितरणको काम महोत्तरीबाट सुरु भएको र यसपछि चितवनमा सुकुम्वासीलाइ लालपुर्जा वितरणको काम हुने वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *